समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

शेरधन-ज्यागमुको प्रेम प्रसंग

हल्दिबारी न्यूज डेक्स- शेरधन–ज्याङमुको माया पिरती कहाँबाट कसरी बस्यो भन्ने कुरा अहिले सम्म कुनै खोजी पत्रकारले पत्ता लगाएको पाइन्न । तर उनी मुख्यमन्त्री भएर पहिलो पटक विदेश भ्रमणमा जाँदा भने उनको प्रेम प्रसंगका कुरा चर्चामा आएको थियो ।

Advertisement

सिङगापुर गएका मुख्यमन्त्री त्यहाँबाट नेपाल नफर्की अचानक अमेरिका पुगेको कारण खोज्दै जाँदा माया पिरतीको चर्चा भएको हो । प्रेमीकालाई भेट्न मुख्यमन्त्री पूर्व निर्धारित कार्यक्रम नै नभएको अमेरिका हान्निएको टिप्पणी नेपाली मिडियामा आएको थियो । हाल ज्याङमुको आमा–बुवा अमेरिका रहेको कुरा सार्वजनिक भएकोले सम्भवत त्यस बेला ज्याङमु अमेरिकामा नै रहेकी र उनैलाई भेट्न मुख्यमन्त्री राई त्यता लागेको अनुमान लगाउन सकिन्छ ।

Advertisement

कानुन र जातिय संस्कारमा मुख्यमन्त्री शेरधनको विवाहमा अवरोध नदेखिएकाले सामाजिक सञ्जालका टिप्पणीले अप्ठ्यारो पर्ने कुरा भएन । राजनीतिक रुपमा भने मुख्यमन्त्री राइले लोकलाज जोगाउन नसकेको साबित हुने देखिएको छ । यसअघि उनी संग मिडियाले कहिले विवाह गर्ने भनि सवाल गर्दा उनले जहिले पनि प्रदेश १ को नामाकारण गरेपछि विवाह गर्ने बताउँदै आएका थिए ।

मुख्यमन्त्री राई विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा उनी माथी प्रदेशको नामाकरण गर्न पहल नगरेको आरोप पनि लगाइएको छ । तर प्रदेशको नामाकरण नभई उनी विवाह बन्धनमा बाँधिदैछन ।-कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article