हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी / बिराटनगर-१५ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक भारतिय महिला पक्राउ परेकी छिन । पक्राउ पर्नेमा भारत अररिया जोगवनी-४ की ४० बर्षीया लक्ष्मी देवी साह रहेकी छिन ।

उनलाई शुक्रबार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले SPASMO-PROXYVON-७२० ट्याब्लेट र PHENERGEN -६० एम्पुल सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेकी महिला उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ -। कमला भट्टराई