हल्दिवारी वडा १ मा बन्न लागेको अस्पताल विरुद्ध उच्च अदालतमा परेको मुद्दा खारेज भएको छ । हल्दिवारी गाउँपालिकामा बन्ने भएको १५ सैयाको अस्पताल बिबादका कारण अदालतमा पुगेको थियोे । नेपाल सरकारले १५ बेड सैयाको अस्पताल वडा नम्बर १ मा बनाउने निर्णय गरेको थियोे ।

गाउँपालिका स्थरिय अस्पताल पाएक पर्ने ठाउँमा बन्न नलागेको भन्दै चौतर्फी आलोचना भएपछि गाउँ कार्यपालिका बैठकले स्थान परिवर्तन गर्दै वडा नम्बर १ कै ३ किलोमीटर पुर्व बनाउने निर्णय विरुद्ध उच्च अदालत इलाममा मुद्दा परेकोमा आज उक्त अन्तरिम आदेशलाई लागू नगर्न साथै गाउँपालिकाको निर्णयलाई सदर गर्न उच्च अदालतले इलामले निर्णय गरेको छ।

हल्दिवारी १ का राप्रपाका जिल्ला स्तरीय नेता दिल केसर थापाको नामबाट मुद्दा दायरगरि गाउँपालिका विरुद्ध उच्च अदालत पुगेका थिए । निवेदन दिलकेशर थापाले गाउँ पालिका ,अध्यक्ष ,उपाध्यक्ष , सबै वडा अध्यक्ष हरु दुई कार्यपालिका महिला सदस्यहरु तथा गाउँपालिका प्रमुख प्रशासकिअधिकृत विरुद्ध मुद्दा दायर गरेका थिए ।
गाउँपालिका स्थरिय अस्पताल करिब १८ करोड को लागतमा बन्न लागेको थियोे । थापाको मुद्दाबाट राप्रपा प्रती जनस्तरमा नराम्रो सन्देश पुगेको थियोे ।
उच्च अदालतले हल्दिवारी गाउँपालिकाको पक्षमा जारी गरेको आदेस –
