साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गजल – नारी

फूल बनेर फक्रिएपछि सुवास छर्नु पर्छ नारी l
अझै सुन्दर फूल फुलाउदै बगैंचा भर्नु पर्छ नारी।

Advertisement

एउटा नारीले अर्को नारीको सम्मान गर्न सिकौं l
सक्षम बन्न अनेक जङ्घारहरु तर्नु पर्छ नारी।।

Advertisement

कुसंस्कार फाली आफ्नो संस्कार अङ्गालेर अब l
असल छोरीको गुण बुहारीमा पनि सर्नु पर्छनारी।l

हत्या, हिंसा र बलात्कारले सीमा नाघ्यो देशमा l
अपराधी कानुनको कठघरामा नै पर्नु पर्छ नारी ll

नाबालिकामाथि नजर लगाउँछन् पापिष्टहरुले l
एकजुट नहुँदा हामी कोपिलामै झर्नु पर्छ नारी ।।

-बिना रोका
घोराही दाङ्ग

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article