साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

श्रीजना : मनिषा विमली

मैले लेख्ने गीतहरुमा
तिमी मिठो धुन देउ !!
म तिमीलाई आकाश दिन्छु
तिमी मलाई जुन देउ ।।

मैले एउटा हात दिदा
तिमी अर्को हात देउ  !!
आकाश धर्ती रहुन्जेल
कहिल्यै नछुट्ने साथ देउ ।।

मुटु भरी छल्कने
तिमी मलाई पृत देउ !!
म तिमीलाई सब्द दिन्छु
तिमीमलाई गीत देउ ।।

मैले कोर्ने सिर्जनाहरुमा
तिमी जीवन स्वास देउ  !!
म तिमीलाई चोखो प्रेम दिन्छु
तिमी मलाई साथ देउ ….ल

मैतिदेवी , काठमाडौं

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)