समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

झापामा बहुविवाह र सवारी ज्यान मुद्धाका २ जना फरार प्रतिवादी पक्राउ

झापा, २०७७ माघ १२ गते -बहुबिवाह र सवारी ज्यान मुद्धाका २ जना फरार प्रतिवादीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका- ११ बस्ने ३१ वर्षीय बाबुल राजबंशी र दमक नगरपालिका-१ बस्ने ३२ वर्षीय सन्तोष रामदान रहेका छन् ।

Advertisement

बाबुललाई जिल्ला अदालत झापाको २०६८ फागुन २८ गतेको फैसलाले बहुबिवाह मुद्धामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सजाय भएको थियो । यसैगरी सन्तोषलाई जिल्ला अदालत खोटाङको २०७१ मंसिर २३ गतेको फैसलाले सवारी ज्यान मुद्धामा १३ दिन कैद र २ हजार रुपैयाँ जरिवाना सजाय भएको थियो ।

Advertisement

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराएको अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article