समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

उर्लाबारीमा श्रीमतीको हत्या गर्ने डिकबहादुर गिरफ्तार

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी। मोरङको उर्लाबारीमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन् । आफ्नै श्रीमती ३५ वर्षीय दिलमायालाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका २ सिरुझार बस्ने ४५ वर्षीय डिक बहादुर राईलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

घरायसी विवादको क्रममा राईले दिलमायालाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते बनाएका राईलाई मङ्गलबारेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । डिक बहादुरले श्रीमतीलाई लछार पछार पारेर भुईँमा लडाएर आवेगमा आएर बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

Advertisement

निकै अघि देखि पारिवारिक बेमेल भएको प्रहरीको भनाई छ । पक्राउ परेका डिक बहादुरलाई कर्तव्य ज्यान मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षण उद्धव पोखरेले जानकारी दिए । घाइतेको अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।-अपराध व्यूरो-</p>

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article