स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

द‌ृष्टिविहीन बालकले संसार हेर्न पाए

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी : संखुवासभाको सभापोखरी गाउँपालिकाका ६ महिने द‌ृष्टिविहीन बालकले नि:शुल्क उपचार पाएका छन्। द‌ृष्टिविहीन बालकको उपचारमा आर्थिक अभाव भएपछि पाँचखपन निवासी फूर्साङ कन्ट्रक्सन कम्पनीका प्रोपाइटर रत्न तामाङ र हेल्पिङ हेण्ड्स सामुदायिक अस्पताल काठमाडौंका अध्यक्ष डा. गुप्तबहादुर श्रेष्ठले नि:शुल्क उपचार गरिदिएका छन्।

Advertisement

जन्मदै द‌ृष्टिविहीन भएका एलिस लिम्बुको आर्थिक अभावका कारण उपचार समस्या भएको थियो। आर्थिक अभाव भएका एलिसको उपचारमा फूर्साङ कन्ट्रक्सनका तामाङ र हेल्पिङ हेण्ड्सका अध्यक्ष डा. श्रेष्ठले ४ लाख रुपैयाँ सहयोग गरेका हुन्। द‌ृष्टिविहीन एलिसको उपचारमा करिब ४ लाख रुपैयाँ खर्च भएको फूर्साङ कन्ट्रक्सन तामाङले जानकारी दिए। उनले द‌ृष्टिविहीन एलिसको उपचारमा आर्थिक अभाव भएपछि डा. श्रेष्ठसँग मिलेर नि:शुल्क उपचार गरिदिएको बताए। द‌ृष्टिविहीन बालकको काठमाडौंंको गंगालाल अस्पताल लगेर नि:शुल्क उपचार गरिदिएको फूर्साङ कन्ट्रक्सनका तामाङले बताए।

Advertisement

एलिसको उपचार गर्न काठमाडौंं लग्ने भएपछि महिला स्वयमसेविका कुन्ती योन्जनले १० हजार रुपैयाँ संकलन गरेर काठमाडौंँ पठाएकी थिइन्। तर, रकम अपुग भएपछि डा. श्रेष्ठ र तामाङले ४ लाख रुपैयाँ बराबरको सहयोग गरेका थिए। गंगालाल अस्पतालमा उपचार पाएका द‌ृष्टिविहीन एलिस अहिले संसार में देख्नसक्ने भएको उनका बुबा सोमबहादुर लिम्बूले बताए।छोराको नि:शुल्क उपचार गरीदिने तामाङ र डा. श्रेष्ठलाई लिम्बुले आभार प्रकट गरेका छन्‌।-कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article