समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

रेड पाण्डाको छाला सहित ३ जना पक्राउ

बाँके, १५ माघ- कोहलपुर नगरपालिका-१२ चप्परगौरीस्थित दैलेखी होटलबाट २ थान रेड पाण्डाको छाला सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुर्खेत भेरीगंगा नगरपालिका-१० बस्ने ४० वर्षीय दल बहादुर शाही, जाजरकोट जुनिचाँदी गाउँपालिका-११ बस्ने ४२ वर्षीय धन बहादुर शाही र सल्यान बनगाड कुपिन्डेदह नगरपालिका-४ बस्ने ३३ वर्षीय भरत बहादुर पुन रहेका छन् ।
उक्त होटलमा लोपउन्मुख बन्यजन्तु रेड पाण्डाको छालाको अबैध कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्यूरो टोली र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त प्रहरीले होटलको ११३ नम्बर कोठामा बसेका उनीहरूलाई झोलामा लुकाई राखेको उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article