स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालद्वारा कोरोनाविरुद्धको दोस्रो चरणको खोप ल्याउने तयारी पूरा

हल्दिबारी न्यूज डेक्स-चन्द्रगढी l नेपाल सरकारले दोस्रो चरणमा कोरोनाविरुद्धको खोप ल्याउने प्रक्रिया अगाडि बढाएको छ। भारतबाट दोस्रो चरणको खोप ल्याउन यसअघि नै पत्र पठाइसकेको र छिट्टै दोस्रो चरणको खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको नेपाल समाज अनलाइनले लेखेको छ।

Advertisement

मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीले दोस्रो चरणको खोप ल्याउन सबै तयारी पूरा भएको भन्दै अब खोप ल्याउने र लगाउने काम मात्रै बाँकी रहेको बताउनुभयो। उहाँका अनुसार नेपाल सरकारले भारतसँग खोप खरिदसँगै अनुदानमा पनि खोप उपलब्ध गराउन अनुरोध गरेको छ।

Advertisement

यद्यपि भारतले दोस्रो चरणको खोप अनुदानमा दिने विषयमा कुनै प्रतिक्रिया जनाएको छैन। खरिद गरिने खोपको मूल्यसमेत निर्धारण हुन बाँकी रहेको डा अधिकारीले बताउनुभयो। हिजो सुरू पहिलो चरण अन्तर्गतको खोप आज जारी हुनेछ। हिजो प्राविधिक कारणले खोप पुर्याउन नसकिएका जिल्लामा आज खोप लगाउन सुरू गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article