समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पूर्ब प्रहरी संगठनव्दारा शहिद दिबस मनाइयो

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी १६ माघ।नेपाल पुर्व प्रहरी संगठन झापा परिवारद्वारा शुक्रवार अायोजित वीरशहिद अमर प्रहरी प्रति श्रद्धाञ्जली एबम शहिद परिवार , सन्ततिलाई सम्मान कार्यक्रममा प्रमुख अतिथि सह प्रजिअ उमेश राज पाण्डे , प्रनाउ राकेश थापा , झापाका विशिष्ट समाजसेवी एबम पूर्व प्रनानि मदनगोपाल सुब्बा,जिल्लाका पूर्व अध्यक्ष , बौद्धिक ब्यक्तित्वहरु , पूर्व प्रनानि यम अाचार्य , झापा स्थित सबै नगर , गापा समितिका प्रतिनिधि , पत्रकार र शहिद परिवार समेतको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रम संगठनका जिल्ला सचिव अग्नि खड्काले सञ्चालन गरेको थिए।

Advertisement

उक्त सम्मान , श्रद्धाञ्जली समारोहको अध्यक्षता संगठनका जिल्ला अध्यक्ष खेमराज कार्कीले गरिएको र कार्यक्रमको औचित्यमाथि पूर्व प्रनाउ धन प्रसाद सिवाकोटीले प्रकाश पारेका थिए भने प्रमुख अतिथिबाट नगद र खादाले शहिद परिवारलाई सम्मान गरिएको ,उक्त कार्यक्रममा शहिद परिवारका तर्फबाट जितु मगरले २०५३ सालमा तत्कालीन बिद्रोही पक्षबाट मारिनु भएका अाफ्ना पतिका बारे र अाफ्ना छोराछोरीको संरक्षण ,सम्बर्द्धन र शिक्षाका बारेमा सबैलाई भावबिह्वल पार्दै समस्या र भोग्नुपरेको कुरा राखिएको थियो ।सो कार्यक्रममा गापा र नगर समितिका तर्फबाट भद्रपुर नगर समिति अध्यक्ष सरोजकुमार कार्की , प्रदेश नं, १ का संयोजक बाबुराम श्रेष्ठ ,समेतले श्रद्धाञ्जली मन्तब्य राखेका थिए ।-कमला भट्टराई

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article