स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बिपन्न परिवारकी बालिकाको डा. शर्माद्वारा निःशुल्क उपचार

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी। नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले आर्थिक अभावका कारण उपचार नपाएर बसेकी एक बालिकालाई निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् । डा.शर्माले मोरङको मिक्लाजुङ गाउँपालिका–६ कालिदहकी ७ बर्षीया रुस्मा बस्नेतको निधारमा पलाएको ट्यूमरको शल्यक्रियासहितको सम्पूर्ण उपचार निःशुल्क गराईदिएका हुन् ।

Advertisement

बिपन्न परिवारकी ती बालिकाको परिवारले खर्च जुटाउँन नसक्दा उनको उपचार हुँन सकेको थिएन । जन्मिएको करिब एक महिनादेखिनै निधारमा निस्किएको डल्लो बढ्दै जाँदा उनलाई आँखा हेर्नसमेत समस्या हुँने गरेको थियो । तरपनि, पैसा अभावमा उनको उपचार हुँन सकेको थिएन । नेपाली काँग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूमार्फत विरामीको अवस्था थाहा पाएपछि डा.शर्मा उनको घरमै पुगेका थिए ।

Advertisement

उनले विरामीको पारिवारिक अवस्था बुझेर नोबेल अस्पतालमा ल्याई बालिकाको निःशुल्क औषधि उपचारको व्यवस्था मिलाईदिएका हुन् । डा.शर्माले करिब दुई लाख मूल्य बराबरको औषधि उपचार निःशुल्क गराईदिएका छन् । पैसा अभावले उपचार गर्न नसकिरहेको अवस्थामा डा.शर्माले सम्पूर्ण खर्च ब्यहोरेर निःशुल्क उपचारको व्यवस्था मिलाईदिएपछि अहिले बालिकाको परिवार हर्षित छ ।

‘पैसा अभावले छोरीको उपचार गर्न सकिरहेका थिएनौं ।’ बालिकाका बुबा विकासले भने–‘सुनिल सरले सबै खर्च निःशुल्क गरेर उपचारको व्यवस्था मिलाईदिदा ढुंगा खोज्दा देउता मिलेजस्तो भयो ।’ नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टिमले बालिकाको निधारमा पलाएको ट्यूमरको सफल शल्यक्रिया गरेको हो । शल्यक्रियापछि बालिका अहिले अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article