समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आगोले जलेर १ सय १ बर्षिया बृद्दाको मृत्यू

हल्दिबारी न्यूज डेक्स-चन्द्रगढी  l खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा आगोले जलेर गम्भीर घाईते भएकी १ सय १ बर्षिया बृद्दाको मृत्यू भएको छ । आगोले जलेर गम्भीर घाईते भएकी धनमुढाकी हिमादेवी अधिकारीको मृत्यू भएको हो ।

Advertisement

शुक्रबार बिहान गाईबस्तुलाई खोले पकाउनका लागि बालेको आगो ताप्नेक्रममा शरीरमा आगो लाग्दा गम्भीर घाईते भएकी अधिकारीको केही घण्टापछि मृत्यु भएको जनाइएको छ । वृद्धा अधिकारी गाउँपालिकाभरीकै सबैभन्दा ज्येष्ठ नागरिकका रुपमा सम्मानित व्यक्ती हुन् ।

Advertisement

आफन्त नभएकी बृद्धा स्थानीय रामप्रसाद पौडेलको घरमा बस्दै आएकि थिइन् । बृद्दाको शरीरमा लगाएको लुगाबाट शरीरमा आगो लागेको अनुमान गरिएको छ । लुगा डढेको गन्धका आधारमा आफन्तले बृद्दालाई जलिरहेको अवस्थामा उद्धार गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article