समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

क्यानडा पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा पक्राउ

कास्की l क्यानडा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-३० शिसुवा बस्ने पर्वत मोदी गाउँपालिका-७ स्थायी घर भएका ३८ वर्षीय धिरज कुमार बिश्वकर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
बिश्वकर्माले आफू विगत लामो समयदेखि विदेश बसेको र युरोप, क्यानडा, अमेरिका लगायतका देशहरुमा धेरै मानिसहरु रोजगारको लागि पठाई सकेको भन्ने बिश्वास दिलाई कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लगायत जिल्लाका ३३ जना व्यक्तिहरुलाई क्यानडा पठाईदिन्छु भनि उनीहरुबाट रकम समेत लिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले बिश्वकर्मालाई पोखरा महानगरपालिका-१० रामबजारबाट पक्राउ गरेको हो ।
बिश्वकर्माले हालसम्म ३३ जना व्यक्तिहरुबाट नगद ९० लाख ७१ हजार ५ सय रुपैयाँ लिएको र उनीहरूलाई बिश्वासमा पार्न बिभिन्न सहकारी संस्था र बिकास बैंकहरुको चेक समेत दिएको अनुसन्धानबाट खुल्न आएको हो ।बिश्वकर्मा उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं,२०७७ माघ १७ गते l  कास्की, पोखरा महानगरपालिका-३० गगनगौडाबाट नियन्त्रित लागूऔषध ३७ एम्पुल डाईजेपाम, ३७ एम्पुल फेनारगन र ३७ एम्पुल नुर्फिन सहित २ जनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने धादिङ घर भएका २९ वर्षीय दिपक थापा र पोखरा महानगरपालिका-२१ स्थायी वतन भएका २७ वर्षीय सन्तोष सुबेदी रहेका छन् । ग.१७ प ५५८४ नम्बरको स्कुटरलाई ईलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध, नगद ९ हजार ३ सय १० रुपैयाँ र २ थान मोबाइल सहित फेला पारी पक्राउ गरेको हो ।

Advertisement

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ एकतानगर टोलबाट करिब ३ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नियन्त्रित लागूऔषध नाईट्रोभेट १७ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु बाँके खजुरा गाउँपालिका-८ बस्ने २८ वर्षीय सब्बिर खाँ र सोही ठाउँ बस्ने २८ वर्षीय सदाम खाँ रहेका छन् । उनीहरुले लागूऔषध बेचबिखन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुको कोठा तलासी गर्दा कोठामा लुकाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।
पर्सा, कालिकामाई गाँउपालिका-३ हरिहरपुर बस्ने ३० वर्षीय प्रेम हजारालाई करिब ४ सय ग्राम अवैध लागूऔषध चरेश र १ केजी १ सय ग्राम गाँजा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कालिकामाईबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

Advertisement

यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ बस्ने २५ वर्षीय साजत थिङलाई नियन्त्रित लागूऔषध १ सय ५२ एम्पुल नुर्फिन, १ सय ५२ एम्पुल फेनारगन, १ सय ५२ एम्पुल डाईजेपाम, नाईट्रोभेट ३० ट्याब्लेट र एकसय एमएलको WINGS BIOTECH १ सय बोतल सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ना.२५ प ४२१६ नम्बरको स्कुटरलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ सिद्धटोलबाट लागूऔषध १ ग्राम ८८ मिलिग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित भिमदत्त नगरपालिका-१८ कञ्चनपुर बस्ने २२ वर्षीय बिवस बिष्ट समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ५ सय ७६ ट्याब्लेट सहित ललितपुर महानगरपालिका-३ बस्ने २३ वर्षीय सुदेश खत्रीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । निजगढबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३४ प७२२५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक खत्रीलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article