हल्दिबारी न्यूज डेक्स-चन्द्रगढी चन्द्रगढी । १७ वर्षिया किशोरीलाई यौन दुव्र्यहार गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले भारतको फारबिजगन्जका ३९ वर्षिय प्रभास देवलाई किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

विराटनगर घर भएकी किशोरी एक वर्ष अगाडी देखि फारबिजगन्जमा देवको घरमा घरेलु कामदारको रूपमा काम गर्दै आएकी थिइन् । किशोरीकी आमा विरामी भएपछि महिना दिन अगाडी विराटनगरमा डेरा गरि बस्ने आमालाई भेटन आएकी थिइन् । गत बिहीबार देव किशोरीलाई लिन विराटनगर आएका थिए । भारत लैजाने क्रममा विराटनगर १६ दक्षिण गेटबाट देव पक्राउ परेका हुन् ।

आर्थिक प्रलोभन देखाएर यौन शोषण गर्न भारत लैजान खोज्ने देवलाई प्रहरी र साना हात नामक संस्थाले पक्राउ गरेको हो । पक्राउ परेका देबले यसअघि फारबिजगन्जमा घरेलु कामदारको रुपमा राख्दा यौन दुव्र्यवहार गरेको आरोप छ । पक्राउ परेका देवलाई शुक्रबार बाल यौन दुव्र्यहार मुद्दामा म्याद थप गरि इप्रका रानी विराटनगरले अहिले अनुसन्धान गर्दै आएको जनाएको छ ।