तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सोमवार बसेको नगर कार्यपालिकाको बैठकले २८५७ औं सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
