स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो कोभिड अस्पतालमा औषधि र सर–सामान आपूर्ति गर्न बिनाटेन्डर करोडौंको ठेक्का त्यस्तो व्यक्तिलाई दिएको छ, जो अख्तियारको मुद्दा खेपिरहेका छन्। सामान आपूर्तिमा अनियमितता गरेको अभियोगमा अख्तियारले चलाएको मुद्दा विचाराधीन रहेकै अवस्थामा चेतन अग्रवाल पुनः त्यस्तै कामका लागि प्रतिष्ठान छिरेका हुन्।

Advertisement

तत्कालीन उपकुलपति डा. बलभद्र दाससँग मिलेर लेखिएको मूल्यभन्दा महँगोमा सामान उपलब्ध गराएको मुद्दामा उनी अदालत धाइरहेकै छन्। उक्त मुद्दामा उनी १० लाख रुपैयाँ धरौटीमा छुटेका थिए। कोभिड अस्पताललाई आवश्यक सामग्री खरिद गर्दा कोभिड मूल्यांकन समितिको सिफारिस लिनुपर्ने प्रावधान छ। तर, निर्देशक गौरीशंकर साहको मात्र सिफारिसमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सोझै उक्त ठेक्का दिएका थिए । उपकुलपति डा. गिरीले कानुनविपरीत खरिदमा दबाब दिएपछि कोभिड अस्पताल प्रमुख डा. कृष्ण पोखरेलको त्यही क्रममा राजीनामा आयो।

Advertisement

कानुन मिचेर विभिन्न उपकरण र औषधि खरिद गर्न नमानेपछि खरिद शाखाका प्रमुख विष्णु चापागाईंलाई पनि अन्यत्र सरुवा गरिएको थियो। ‘जुन नेतृत्व आए पनि प्रतिष्ठान कमाउ अड्डा नै भइरहेको छ’, प्रतिष्ठान कर्मचारी कल्याण समाजका कार्यवाहक अध्यक्ष उमेश थापा भन्छन्, ‘उपकुलपति गिरीका पालामा पनि अनियमितता रोकिएन। बरु बढ्यो। कालोसूचीमा राख्नुपर्ने व्यक्ति खोजी–खोजी ठेक्का दिने गरिएको छ।

चेतन मात्र यसको उदाहरण होइनन्, अक्सिजन प्लान्ट बनाउने ठेक्का पाएका विज्ञान अर्यालले सम्झौताअनुसार काम गरेनन्। उनको काम अस्वीकृत त भयो तर प्रतिष्ठानले भुक्तानी प्रक्रिया अघि बढाएको उच्च स्रोतले जानकारी दियो। ‘उनलाई कालोसूचीमा राख्ने छलफल हुँदै थियो’, लेखासम्बद्ध एक अधिकारीले भने, ‘अचानक भुक्तानी दिने आदेश पो आयो।’-देवेन्द्र आलोक

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article