समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सडक पार गर्दै गर्दा बसको ठक्करबाट मृत्यु

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी। पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोडमा सडक पार गर्दै गरेका एक युवाको बसको ठक्करबाट मृत्यु भएको छ ।

Advertisement

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना ६ ख १५२० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री ३२ वर्षीय सागर मिश्रको ज्यान गएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका मिश्रलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो ।

Advertisement

अस्पताल पुर्याउनसाथ चिकित्सकले उनलाई मृत घोषित गरेको झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए। मृतक मिश्र मागेर खाने व्यक्त भएको प्रहरीको भनाइ छ । बसका चालक बिर्तामोड नगरपालिका–७ का ३८ वर्षीय रवि पाठकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।-कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article