हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बाल अधिकार र संरक्षणमा स्थानीय सरकार संवेदनशील हुनुपर्ने ! ( फोटो फिचर )

बिर्तामोड, माघ २२ । बाल अधिकारको सुनिश्चितता र बाल संरक्षणमा स्थानीय सरकार सचेत र संवेदनशील हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको सुनिश्चितता गरेर हरेक स्थानीय सरकारले बालमैत्री वातावरण तयार गर्नुपर्नेमा उनीहरुको जोड थियो । बिहीबार बिर्तामोडमा ‘स्थानीय तहमा बाल अधिकार एवम् बाल विकासका सन्दर्भमा स्थानीय सरकारको भूमिका’ विषयमा भएको छलफलमा त्यस्तो बताइएको हो ।

Advertisement

छलफलको सहजीकरण गर्दै दुई दशकदेखि बाल अधिकारका क्षेत्रमा क्रियाशील नेतृ किडपावर नेपालकी अध्यक्ष सुष्मा पोखरेलले हरेक बालबालिका सुरक्षित वातावरणमा हुर्किन र उनीहरुको विकास हुन पाउनुपर्ने बताइन् । बाल अधिकार र उनीहरुको सुरक्षाका लागि स्थानीय सरकारको भूमिका महत्वपूणर् हुने बताउँदै पोखरेलले सबै बालबालिकामा बाल अधिकार सुनिश्चितताको प्रत्याभूति गराउनुपर्ने उल्लेख गरिन् । उनले बालबालिकालाई सुरक्षा सम्बन्धी विभिन्न सिप पनि सिकाएकी थिइन् ।

Advertisement

भद्रपुर, बिर्तामोड र कनकाई नगरपालिका तथा हल्दिबारी र कमल गाउँपालिकाबाट प्रतिनिधित्व गरी आएका बालबालिकाका नेताले बाल अधिकारबारे अझै पनि बालबालिका प्रष्ट हुन नसकेकाले यसबारे अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनीहरुले बालश्रम, बाल विवाह, बालबालिका माथि हुने सबैखाले हिंसा अपराध भएकाले त्यस्ता अपराध निर्मूल गर्न स्थानीय सरकारसहित सबै सरोकारवालाले ध्यान दिनुपर्ने बताए ।

बालबालिका भविष्यका कणर्धार मात्र नभएर वर्तमानका साझेदार समेत भएका नाताले उनीहरुको बचाउ, संरक्षण, विकास र सहभागिता महत्वपूणर् हुने सुझाइएको छ । बालबालिका तथा शिक्षा सञ्चार मञ्च झापाका संयोजक सरोज पौडेलले छलफलमा सह(सहजकर्ताको भूमिका निर्वाह गर्दै बाल अधिकारको सुनिश्चितताका लागि बालमैत्री वातावरण तयार गर्न स्थानीय सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

सञ्चारकर्मी तथा मञ्चका सदस्यहरु उमानाथ भण्डारी, सृजन घिमिरे, नेत्रविक्रम विमलीले बालबालिकालाई अवसर दिएर सक्षम बनाउनुका साथै बालक्लवको सक्रियता र सुदृढीकरणमा जोड दिए ।

विभिन्न बालक्लव तथा सञ्जालको प्रतिनिधित्व गर्दै कनकाईका खेमराज चापागाई, भद्रपुरकी भावना पोखरेल, हल्दिबारीका राज अधिकारी, ग्लोरी बालक्लवकी रक्षा बजगाई, कमलकी प्रितिका सुवेदी, वीर अमरसिंह माविका नयन सिटौला, उज्यालो इडन बालक्लवकी रत्ना राजवंशी लगायतले आफ्नो क्षेत्रमा बाल अधिकारका विषयमा भएका कामको अनुभव आदान(प्रदान गरेका थिए । संवाद समूहले संयोजन गरेको छलफलको औचित्यमाथि अधिवक्ता खगेन्द्र खरेलले प्रकाश पारेका थिए भने कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)