राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको बन्दमा ट्याक्सी जलाउने ओलीका कार्यकर्ता हुन् : पम्फा भुसाल

नेपाल कम्युनिस्ट पार्टी नेकपाको (प्रचण्ड-नेपाल) समूहकी नेतृ पम्फा भुसालले आफूहरुले आन्दोलनका क्रममा कुनै पनि सवारी साधनमाथि तोडफोड तथा आगजनी नगरेको दाबी गरेकी छन्। आमहड्तालका क्रममा विहीबार ललितपुरको पुल्चोकमा पुगेकी नेतृ भुसालले आन्दोलनमा घुसपैठ भएको पनि आरोप लगाइन्। विहीबार काठमाडौंमा ट्याक्सीमा भएको आगजनीमा आफूहरुको संलग्नता नभएको पनि उनले दाबी गरिन्।

Advertisement

बन्द घोषणा गरिएपछि बुधबार ‘बन्द फिर्ता’ भएको भनेर सामाजिक सञ्जालमा लेख्ने केपी शर्मा ओलीका कार्यकर्ताले नै ट्याक्सीमा आगजनी गरेको पनि उनले आरोप लगाइन्। सरकारको प्रतिगामी कदमविरुद्ध अन्तिम आन्दोलन शुरु भएको उल्लेख गर्दै भुसालले फागुनपछि निर्णायक आन्दोलन हुने पनि बताइन्।

Advertisement

निर्णाय आन्दोलनका लागि सबै राजनीतिक दल र सरोकारवालाहरुसँग छलफल भइरहेको भुसालले जानकारी दिइन्। प्रतिनिधि सभा विघटन लगायत ओली सरकारका प्रतिगामी कदम नसच्चिए अझ बढी शसक्त आन्दोलन शुरु गरिने र उक्त आन्दोलन निर्णयक हुने उनको दाबी छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article