समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

इटहरीबाट सेनाको नक्कली सेनानी गिरफ्तार

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी।सुनसरीको इटहरीबाट नेपाली सेनाका नक्कली उप सेनानी (लेफ्टिनेन्ट) पक्राउ परेका छन् । सेनाको लेफ्टिनेन्ट हुँ भन्दै मर्करीको ब्यापार गर्ने वहानामा सर्वसाधारणलाई ठगी गर्दै रकम असुली गर्ने पर्सा जिल्लाका शिवकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

सेनाको पोशाक र दज्र्यानी चिन्ह लगाई ठगी गर्दै हिंडेको सूचना र किटानीको आधारमा खोजतलासको क्रममा कार्कीलाई इटहरीबाट नियन्त्रणमा लिइएको हो। प्रहरीले नक्कली सेना बनेका कार्कीले विभिन्न व्यक्तिबाट एघार लाख बढी ठगी गरेको भेटिएको जनाएको छ । कार्कीको साथबाट ३३ हजार ४ सय ५० रुपैंया सहित विभिन्न बैंकका एटीएम र आइएमईका रसिदका साथै मोबाइलहरु बरामद गरेको जनाएको छ ।

Advertisement

यसैगरी कार्कीका सहयोगीका रुपमा रहेका सिन्धुलीका बसन्तकुमार खड्कालाई समेत नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अघि बढाइएको प्रहरी जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article