साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : काङ्ग्रेसको भर्ती

  • राज कुमार कार्की
  • आन्दोलनमा जानु भनि नेताहरू कार्यकर्तालाई दिन्छन् अर्ती l

किन छैनन् त्यहाँ हजुर कोही तिनले गेरका सब भर्ती !!

Advertisement

कार्यकर्तालाई लगाउछ्न भाग गरेर तिनले कित्ता – कित्ता।
कसरी बुझाउछ्न् बिचरा पुराना सब कार्यकर्ताले चित्त।।

Advertisement

खुसी नहुनु छिमेकीको घरको पर्खाल भत्कियो भनि ।
किन मिल्दैनन् यहाँ देउवा, पौडेल र सिटौला पनि।।

हुकुम गर्दछन् दरबारमा बसेर कार्यकर्तालाई तिनले।
दुस्ख पाए सब जनताले बि पि को समाज वाद छाडेर यिनले।।

क्षमता र योग्यताको आधारमा मात्रै भाग लगाउ।
पुराना कार्यकर्ता सबलाई निष्क्रिय पारि नभगाउ।।

काङ्ग्रेसमा पनि छ कि क्या हो फेरि कोदो र तोरी।
किन नेताहरू झगडा गर्द्छन् जहिल्यै घरीघरी  !!

काङ्ग्रेसमा त छ है एउटै मात्र बि पि को समाज वाद।
नआउला भन्न सकिन्न फेरि त्यो काल रात्रिकै दिनको याद।।

प्रजातान्त्रिक पार्टी भन्दछ्न् हुदैन कहिले चुनाव।
यस्तो लाजमर्दो कुरो विपक्षीलाई त कसरी सुनाउ।।

लाजमर्दो कुरो छ हजुर काङ्ग्रेसमा हेर्दा गरेको भर्ती।
बिदा हुन्छु हजुर यही दुई चार कुरा लेखेर नै सरसरती।।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article