जलथल – झापा : हल्दिवारी गाउँपालिका हुँदै गाईको – गोरुको तस्करी दिनदिनै बड्दै गएको छ । कोरोना संक्रमण पछि बन्द जस्तै देखिएको गाई – गोरुको तस्करी फेरि खुलेआम शुरु भएको र स्थानीय प्रशासन समेत नदेखेझै गरि नाटक गरि रहेको यहाँका गौ रक्षक अभियान्ताहरु बताउछन् ।

हल्दिवारी गाउँपालिका स्थित चारकोसे जङ्गल र स्थानीय देउनिया खोलाको उपयोग गर्दै जिल्ला तथा स्थानीय प्रहरी प्रसासनको समेत सहयोगमा गाई – गोरुको अबैध तस्करी गरि भारत लैजाने गरेको उनीहरुको भनाई छ।

नेपाल सरकारले समेत प्रतिबन्ध गरेको गाई तस्करी लाई प्रसासनले आर्थिक चलखेलमा भारत लैजान दिएको र यश बापत मासिक लाखौं रुपैयाँको सेटिङ्ग बापत दिनेगरेको एक गाई – गोरु व्यापारीले नाम सार्वजनिक नगर्ने सर्तमा बताएका छ्न ।
नेपालबाट यसरी लगिएका बुढा गाई – गोरुहरु भारत तथा बङ्ग्लादेस लगि काट्ने गरेको विभिन्न सञ्चारमाध्यमहरुले बेलाबखतमा बताउदै आएपनी नेपालमा झापाकै प्रतिष्ठित राजनैतिक पहुँच बालाहरुको मिलेमतोमा हल्दिवारी ,धुलाबारी ,कचनकवल ,भद्रपुर हुँदै सयौं बुढा गाईहरु मासुकै लागि तस्करी भएको छ ।