समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

झापामा आफ्नै गाडीले किचेर सन्तोषको मृत्यु

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढ़ी / झापामा आफ्नै गाडीले किचेर सहचालकको मृत्यु भएको छ । पश्चिमबाट आएको को १ ख ६१६३ नम्बरको बसले किचेर सहचालक भोजपुर घर भई मोरङ बस्दै आएका २४ वर्षीय सन्तोष खुलालको मृत्यु भएको हो ।

Advertisement

मेचीनगर–६ स्थित काँकडभिट्टा बसपार्कमा बसको ढोकाबाट चिप्लिएर लडेपछि पछाडिको टायरले किचेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

बससहित चालक मोरङका २८ वर्षीय सबिन धिमाललाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article