समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गोली हानेर छोरीको हत्या गरी बाबु फरार

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढ़ी : बैतडीमा शनिबार बेलुका विवाहित छोरीलाई गोली हानेर हत्या गरी बाबु फरार भएका छन्‌। जिल्लाको पुर्चौडी नगरपालिका-१०, विजयपुरका ६५ वर्षीय धनबहादुर महराले छोरी बेलमती महरा (धामी)को गोली हानी हत्या गरेका हुन्।

Advertisement

शनिबार बेलुका ५ बजे घरमै गोली हानी छोरीको हत्या गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। ‘छोरीको हत्या गरी महरा फरार रहेका छन्,’ उनले भने, ‘घटना भएको खबर पाए पश्चात पुरघाट चौकीबाट प्रहरी टोली खटिएको छ, प्रहरी टोली पुगेपछि थप जानकारी प्राप्त हुनेछ।’घटनामा भरुवा बन्दुक प्रयोग भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Advertisement

घटनापश्चात फरार रहेका महराको खोजी कार्य तीव्र पारिएको छ। विवाहित छोरी गएको एक महिनादेखि माइतमै बसिरहेकी बताइएको छ। छोरीमाथि महराले किन गोली चलाए भन्ने खुल्न सकेको छैन।-कर्ण क्षेत्रो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article