कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

“ऐना” कसको लागि, किन र कसरी बन्यो ?

आम जनमानसले चिन्ने विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका नेता तथा प्रवक्ता हुन । नयाँ पुस्ताले विश्वप्रकाश शर्मालाई एक नेताको परिचय बाटनै चिन्छन । तर उनको सन्चार माध्यम संगको परिचय धेरै थोरैलाई थाहा छ । बिगत हेर्ने हो भने शर्माको संचारजगत संग निकै घनिष्ट सम्बन्ध रहेको छ ।

Advertisement

सम्पादक भएर शर्माले रेडियो नेपालको कार्यक्रम ‘घटना र विचार’ चलाएका छन । उनको साहित्य तर्फको रुझानले उनलाई कवि, गीतकार, कथाकार र संगीतकारको रुपमा पनि परिचित गराउँछ । शर्माले लकडाउनकै समयमा गीत लेखे, संगीत भरे र रेकर्ड गराएर सार्वजनिक गरे । शर्मा यतिमै मात्र सिमित रहेनन । हाल आएर शर्माले आफुलाई टेलिभिजन प्रस्तोताको नयाँ परिचयका साथ चिनाएका छन् ।

Advertisement

शर्मा कान्तिपुर टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम ‘ऐना’ को प्रस्तोता को रुपमा देखापरेका छन । कार्यक्रम ‘ऐना’ देशका सामाजिक र मानवीय मुद्दामा केन्द्रीत रहेर बनाइएको एक टेलिभिजन कार्यक्रम हो, जसमा ‘ऐना’ टिमले शर्मालाई प्रस्तोता बनाएको छ । ‘ऐना’ को बारेमा शर्मा भन्छन “यो कांग्रेस प्रवक्ताले चलाउने कार्यक्रम होइन । यसमा राजनीतिक रंग हुन्न, म प्रस्तोता हुँ”। उनका अनुसार यो राजनीतिलाई नै घचघच्याउने एक कार्यक्रम हो ।

अमनप्रताप अधिकारीद्वारा निर्देशीत यस कार्यक्रममा प्रकाश लामिछाने विषय खोजी कार्यमा छन भने स्क्रिप्ट राइटर आन्विका गिरी रहेकी छिन ।त्यस्तै अनुसन्धान टिममा भानु बोखिम, महावीर विश्वकर्मा, मनिका खतिवडा र लक्ष्मी नेपाल छन । दि होराइजन मल्टी मिडियाद्वारा निर्मित कार्यक्रमको प्रमुख राधाकृष्ण धिताल र निर्माता जनक पौडेल हुन् ।

कसरी र किन बन्यो ऐना ? आमिर खानको प्रस्तुती रहेको ‘सत्यमेव जयते’ बाट प्रभावित पक्कै पनि छ ‘ऐना’ । निकैनै प्रभावशाली रहेको उक्त कार्यक्रमले समाजका लुकेका यस्ता पाटाहरु उजागर गरेको थियो जसले गर्दा उठाइएका विषयहरु माथी सान्दर्भिक कानुनी बहस पनि चलेको थियो । सोही टिमसँग भारतमा रहँदा समय बिताएका राधाकृष्ण धिताललाई पनि सोही अनुरुपको कार्यक्रम नेपालमा पनि आवश्यक रहेको महशुस भएपछी ‘ऐना’को नेपाली अवधारणा तयार भएको हो । ऐनाको काम भनेको अगाडी रहेको सत्य परावर्तन गर्ने हो ।

सोही अवधारणाका बिच समाजको परावर्तन दर्शाउन, समाजमै रहेका तर नागरिक बिच लुकेका, दबाइएका र उपेक्षित विषय उठान गर्ने जमर्को गरेको छ यस कार्यक्रमले । हालका समय रियालिटी शोहरु प्रती नेपाली जनमानसको झुकाव रहेको बेला ऐनालाई पनि केहि हदसम्म दर्शकहरुको चाहना अनुरुप ढालिएको छ । ऐनालाई लिएर सबैभन्दा धेरै सोधिएको प्रश्न कार्यक्रमको अवधारणा भन्दा पनि प्रस्तोता विश्वप्रकाश शर्मालाई लिएर हो । यसमा धिताल भन्छन “नयाँ पुस्ता माझ विश्व प्रकाश राजनीतिज्ञ होईन, पुराना पुस्तामाझ उनि राजनीतिज्ञका साथै संचारकर्मी पनि हुन ।

यसै खाडललाई जोड्न पुलको काम गर्न सक्ने विश्वासले गर्दानै, शर्मा हाल प्रस्तोताको रुपमा अगाडी हुनुहुन्छ । यदी वहाँ आफैलाई इच्छा नभएको भए पनि उहाँ शायद यसमा जोडिनु हुन्नथ्यो होला ।”

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article