हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

छिमेकीलाई छुरा हानेर भागेका उराउ गिरफ्तार

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी । छिमेकीमाथि छुरा प्रहार गरेर फरार बनेका एक युवालाई मोरङको बेलबारी प्रहरीले घटना भएको दुई घण्टा बित्न नपाउँदै पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–२ का २२ वर्षीय अनिल उराउ रहेका छन् ।

Advertisement

उनले छिमेकी २४ वर्षीय दिनेश दाहालको पेटमा शनिबार राति छुरा हानेका थिए । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार आफूलाई गालीगलौज गरेकोभन्दै उराउले विवाद निकालेर दाहालको पेटमा छुरा प्रहार गरेको पाइएको छ ।

Advertisement

छुरा प्रहारबाट दाहाल गम्भीर घाइते भएका छन् । उनको पेटबाट आन्द्रा बाहिर निस्किएको छ । घाइतेको चिन्ताजनक अवस्थामा विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले अवस्था गम्भीर रहेकोभन्दै तत्काल पेटको शल्यक्रिया गर्न सुझाव दिएका छन् ।

छुरा प्रहार गरेर उराउ भागेका थिए । उनलाई खोर्सानेबाट नियन्त्रणमा लिइएको ढकालले बताए । उराउविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालिने जानकारी ढकालले दिए ।-कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)