साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कविता : कर

राज कुमार कार्की

Advertisement

सरकारलाई कर त हामी सबले तिरेको छ।
यो मोबाइल किन्दा त्यहाँ कर छिरेको छ।।

Advertisement

रिचार्ज नेट दैनिक जीवन चलाउन सामान किनेको छ।
विभिन्न रुप रंग बाट सरकारले पैसा जनता बाट छिनेको छ।।

बरु काकाले तिरेको छ कि छैन उखान तुक्काको कर ?
भ्याटमा दर्ता भको छ कि छैन आफैले हेर नपर अरुको भर।।

भेज ननभेजको भाषणको तिरेको छ कि छैन कर ?
ताली बजाउनेहरुले लाठी खान्छन् सबले कठै बरा ।।

एउटा बूढाले एक नोकर राख्यो एक लिटर दुध ल्याउन भन्यो।
एक पाउ आफुले पियो त्यति नै पानी हाल्यो एकलिटर दूध बन्यो।।

कसैले भनि दियो त्यसलाई चेक गर्न एक अर्को नोकर राख्यो।
दुबै मिलेर फेरि त्यसै गरि एक -एक पाउ चाख्यो।।

दुबैलाई चेक गर्न भनि फेरि एक नोकर राख्यो।
तिनै जना मिलेर फेरि त्यसरी नै तीन पाउ दूध चाख्यो।।

बूढो बिरामी भएर थला पर्‍यो फेरि चौथो नोकर चेक गर्न राख्यो।
चारै जना मिलेर बराबर अर्थात एक लिटर दूध सब नै पो चाख्यो।।

थला परेको बूढालाई लगाइ दिए जुँघा ओठमा दूधको तर।
बूढाले भोक लाग्यो दूध खान दिएनौ आज मलाई भन्यो कठै बरा।।

हतार-हतार बूढालाई देखाइ दिए मुखमा एक नै पो ऐना।
मुखमा तर लागेको थियोे ल भन्नु के बूढाले दूध पिएको हैन !

ल पत्ता लगाएउ हजुर हामीले नोकर सरकार थियो।
त्यो दूध पिउने बूढो त हजुर जनता नै पो त रह्यो।।

दूध पिउदा हाम्रो होइन भनेर हामी सबले बजाएउ ताली।
करोडौं भ्रष्टाचार गर्दा हाम्रो पैसा हैन भनि रमाइ गर्दैनौ गाली।।

धन्यवाद ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article