समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न फरार अभियुक्त १६ वर्षपछि गिरफ्तार

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी : द्वन्द्वकालमा तत्कालीन माओवादीबाट मारिएका दैलेखका पत्रकार डेन्द्रराज थापाको हत्यामा संलग्न फरार एक अभियुक्तलाई दैलेख प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको महाबु गाउँपालिका–६ का ६८ वर्षीया जयबहादुर शाही रहेका प्रहरीले जनाएको छ।

Advertisement

Advertisement

उनलाई खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पूर्वपक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका र बाँकी सजाय दिलाउन कारागार चलान गरिएको दैलेखका प्रहरी प्रमुख अनुप श्रेष्ठले जनाए।

शाहीले १ वर्ष ७ महिना १ दिन कैद भुत्तान गरी ​बन्दीप्रत्यक्षीकरणमा परेका कारण अदालतको फैसला ढिला आएपछि थुनामुक्त भई फरार थिए। द्वन्द्वकालमा तत्कालीन माओवादीले दैलेख बजारको खानेपानी लाइन काटिएपछि समस्या समाधान गर्ने भन्दै वार्ताका लागि गएका उनलाई साबिकको द्धारी गाविस–१ हालको नोमुले गाउँपालिका–३ मा २०६१ साल साउन २७ गते हत्या गरेको थियो।

उनलाई नौमुलेबाट तत्कालीन माओवादीले अपहरण गरी ४५ दिनसम्म बन्दी बनाएर हत्या गरेका थियो। निर्मम तवरले मारिएका पत्रकार थापाको शव द्धारी जगंलमा गाडिएको अवस्थामा फेला परेको थियो। माओवादीले हत्या गरेपछि पत्रकार थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। त्यसबेला प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो ।-कर्ण क्षेत्रों

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article