हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

फुल्चोकी जंगलमा हराइरहेका २ जनाको प्रहरीद्वारा सकुशल उद्दार

ललितपुर, २०७७ माघ २६ गते गोदावरी नगरपालिका(३ स्थित फुल्चोकी डाँडामा हराइरहेका काठमाडौं कलंकी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका(६ घर भएका २१ वर्षीय प्रशान्त थापा र दोलखा मुलुं गाउँपालिका(३ घर भएका १९ वर्षीय सुरेश केसीलाई आइतबार प्रहरीले सकुशल उद्दार गरेको छ ।

Advertisement

उक्त जंगलमा घुम्न गएका उनीहरु हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ ललितपुरबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका(२ चापाखर्कमा अलपत्र रहेको अवस्थामा उद्दार गरी अभिभावकको जिम्मा लगाएको हो ।

Advertisement

जाडो याममा हिउँ पर्ने कारण आन्तरिक पर्यटकको अत्यधिक घुँइचो हुने र बाटो बिराइ मानिसहरु हराउन गई मृत्यु समेत हुने गरेको बिगतको घटनाहरुलाई मध्यनजर गरी महानगरीय प्रहरी प्रभाग बाँडेगाउँबाट प्रहरी कर्मचारी खटी फुल्चोकी प्रवेशको मुख्य नाका गोदावरी बसपार्क नजिकै जाँच, पर्यटक बिबरण ईन्ट्री, काउनसिलिङ लगायत सचेतनामूलक बोर्डहरु राख्नुका साथै सुरक्षित रुपमा आन्तरिक पर्यटक तथा स्थानिय बासिन्दा गरी उक्त दिनमासमेत ५ सय जनालाई फुलचोकी घुम्न पठाएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)