कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

चलचित्र छायाकार जनकराज अधिकारी मृत फेला

हल्दिबारी न्यूज डेक्स-चन्द्रगढी। चलचित्र छायाकार जनकराज अधिकारी आफ्नै कार्यालयभित्र मृत अवस्थामा फेला परेका छन् ।उनको शव काठमाडौँको गोङ्गबुस्थित जेसिका फिल्मस् प्रालिको कार्यालयमा झुण्डिएको अवस्थामा फेला परेको नेपाल प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।

Advertisement

केही दिनदेखि परिवारबाट सम्पर्कविहीन रहेका अधिकारी सम्पर्कमा नआएपछि कार्यालय पुग्दा आत्महत्या गरेको अवस्थामा भेटिएको अध्यक्ष लामाले बताए ।

Advertisement

अधिकारीले दुई फिल्म र थुप्रै म्युजिक भिडियो छायाङ्कन गरेका छन् । उनी जेसिका फिल्मस् प्रालिका प्रोप्राइटरसमेत हुन् । सोमबार ११ बजे पोस्टमार्टम गरेर उनको शवलाई अन्त्येष्टिका लागि लमजुङ पठाइएको लामाले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article