हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

चिठ्ठा परेको प्रलोभन देखाएर ठगी, गोबरको थुप्रोमा पैसा

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी । जिल्ला प्रहरी कार्यालय झापाले चिठ्ठा परेको भनी प्रलोभन देखाएर ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । अनलाइनबाट चिठ्ठा परेको सामाग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै विभिन्न ब्यक्तिहरूबाट रकम ठगी गर्ने झापा अर्जुनधारा–९ का २९ वर्षीय पङ्कज पौडेली बिक पक्राउ परेका हुन् ।

Advertisement

पौडेलीले अनलाइनको माध्यमबाट ठगी गरेको भनी महानगरीय अपराध महाशाखा काठमाण्डौमा ठगी मुद्दा दर्ता भएसंगै खोजतलासमा खटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–२ बाट उनलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ परेका बिकको साथबाट १३ लाख ९५ हजार दुई सय १५ रुपैयाँ नगद बरामद भएको छ । प्रहरीले पक्राउ परेका बिकको साथबाट तीन लाख ५६ हजार सात सय दस रुपैयाँ बरामद गरेको थियो भो उनको घरकोठामा रहेको दराजभित्रबाट दुई लाख आठ हजार दुई सय रुपैयाँ बरामद गरेको थियो ।

यस्तै पौडलीको घरपछाडिको गाई ग्वाली छेउमा रहेको गोबरको थुप्रोभित्र झोलामा प्याकिङ गरी गाडिएको अवस्थामा आठ लाख ३० हजार तीन सय पाँच रुपैयाँ प्रहरीले बरामद गरेको थियो । ठगीको आरोपमा पक्राउ परेका बिकलाई थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।-कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)