समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मोरङको जहदामा ज्वाँईद्धारा सासुको हत्या

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी। मोरङको जहदा–१ धुनिटोलमा आफ्नै ज्वाँईले दाउ प्रहार गरेर गम्भीर भएकी सासुको मृत्यु भएको छ ।

Advertisement

घरायसी विवादका क्रममा बुधबार बिहान ६ः३० बजे दाउले टाउकोमा प्रहार गरेर गम्भीर घाइते महिलाको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाका अनुसार ५५ वर्षीया जोसनीदेवी सरबरियालाई झापा गौरिगञ्ज–९ का कनु भनिने प्रेमलाल सरबरियाले आक्रमण गरेर गम्भीर घाइते बनाएका हुन् । बिगत ११ दिनदेखि सुसुरालीमा बस्दै आएका ज्वाँईले बुधबार सामान्य विवादमा सासुको टाउकोमा दाउले प्रहार गरेका थिए, प्रहरी निरीक्षक थापाले भने –गम्भीर घाइते जोसनीदेवीको मृत्यु भएको छ ।

Advertisement

घाइते सासु जोसनीदेवीलाई उपचारका लागि कोशी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । तर, उपचार संभव नभएपछि नोबेल मेडिकल टिचिङ अस्पतालमा भर्ना गरिएको थियो । घटनामा संलग्न ज्वाँईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ ।-कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article