राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थामा जानुपर्छः शेरबहादुर तामाङ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शेरबहादुर तामाङले संसदीय व्यवस्था अफापसिद्ध भइसकेकाले देशलाई नयाँ राजनीतिक प्रणालीमा लानुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति रहने व्यवस्थामा जान प्रस्ताव गरे ।

Advertisement

तामाङले भने, ‘यो व्यवस्थाले स्थिरता रहेन अब नयाँ व्यवस्थाबाट देश चलाउनुपर्छ, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाऔं ।’ पटक पटक प्रधानमन्त्रीले संसद भंग गरेकाले अब राजनीतिक स्थायित्वका लागि पनि प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुखमा जानुपर्नेमा जोड दिए ।

Advertisement

राष्ट्रपतिले नै सरकार चलाउने र मन्त्री पनि बनाउने व्यवस्था गर्नुपर्ने बताए । तर, राष्ट्रपतिलाई निरंकुश हुन नदिने प्रावधान पनि राख्नुपर्ने बताए । प्रतिनिधि सभा सदस्यबाट कोही पनि मन्त्री बन्न नपाउने व्यवस्था गर्न सके निर्वाचन पनि स्वच्छ हुने तर्क गरे ।

पूर्वमन्त्री समेत रहेका तामाङले राजनीतिक व्यवस्थामा आमूल परिवर्तनको खाँचो औल्याए । उनले निर्वाचन एउटै खर्चमा हुनेगरी जानुपर्ने बताए । तामाङले भने, ‘संसदमा १६५ मात्र हुने र प्रत्यक्ष राष्ट्रपतिको निर्वाचन पनि हुनेगरी एउटै खर्चबाट जानुपर्छ ।’

एउटा चुनावमा खर्बको खर्च हुने भएकाले भ्रष्टाचार बढ्नसक्ने बताए । देशलाई चुनावी खर्चले ठुलो समस्या बनाउने गरेको बताए । देशले नयाँ अनुहारहरु खोजिरहेको उनको भनाई थियो ।

केन्द्र सरकारका कारण प्रदेश सरकारमा पनि अन्यौलमा परेको बताए । प्रदेश सरकार पनि प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रस्ताव गरे । मुलुकमा ५५० प्रदेशसभा सदस्य नचाहिने भन्दै घटाउनुपर्नेमा जोड दिए । नगरपालिका र गाउँपालिकाहरुलाई पनि ३ सयमा झार्नुपर्ने बताए । स्थानीय निकायलाई अझ बढी अधिकार दिनुपर्नेमा जोड दिए ।

नेकपाभित्र दुवै पक्षले जति संख्या देखाएपनि त्यो आधा नै भएको बताए । उनले भने, ‘अब अदालत र निर्वाचन आयोगले के फैसला देला, कस्ले कति मान्छे देखाउला भन्नेमा नजाऔं । अब देशलाई निकास दिन नयाँ कोर्समा जाऔं ।’ चुनाव हुँदैमा कसैको बहुमत आउँछ भन्ने सुनिश्चितता नभएकाले अस्थिरता फेरि आउनसक्ने बताए । उनले अस्थिरताको अन्तका लागि नयाँ राजनीतिक व्यवस्था अपरिहार्य भएको बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article