राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि छाड्दैनौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्यारा छिट्टै पक्राउ पर्ने बताएका छन् । बुटवलमा भएको आमसभामा ओलीले निर्मला र भागरथीको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई कुनै हालतमा पनि पक्राउ गरेरै छाड्ने बताए।

Advertisement

‘हत्यारालाई पानी मुनि गए पनि छोडिने छैन, विश्वका कुनै पनि कुनामा भागेर गएको भए पनि छाडिने छैन, केहि समयभित्रै हत्याराहरु पक्राउ पर्नेछन्,’ ओलीले भने।

Advertisement

हत्याराहरु दुईरचार दिन भागे पनि एक वर्ष कतै लुके पनि पक्राउ गरेरै छाड्ने र उनीहरुको सजाय नघट्ने प्रधानमन्त्री ओलीको दाबी छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article