समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गाईघाटमा श्रीमानको हत्या , श्रीमतीको अवस्था  गम्भीर

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी / उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट शिवालय टोलमा शनिबार बिहान एक पुरुषको घरमा नै हत्या भएको छ। उनकी श्रीमतीको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शिवालय टोलका ६६ वर्षीय वीरेन्द्र राई हत्या गरिएको अवस्थामा मृत भेटिएका हुन्। घरको माथिल्लो तलाको कोठामा राई मृत फेला परेका र उनको शरीरभरि विभिन्न स्थानमा निलडाम र चोट रहेको प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालले बताए।

Advertisement

यस्तै मृतककी श्रीमती ५४ वर्षीय रीता राईको पनि मुखमा विष दलिएको र बेहोस अवस्थामा घर नजिकै बारीमा फेला परेपछि अहिले तत्काल उपचारका लागि विराटनगर पठाइएको प्रहरी प्रमुख दाहालले जानकारी दिए।

राईलाई केही व्यक्तिहरुको समूहले आएर राति नै हत्या गरेको र श्रीमतीलाई पनि विष खुवाएर बेहोस बनाई बारीमा फालेर छाडेको हुनसक्ने प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरेको छ।

केही व्यक्तिहरुसँग निजकी श्रीमतीको झगडा परेको र कुटपिटसमेत भएको भन्ने छिमेकीको सूचनाका आधारमा प्रहरी शनिबार बिहानै राईको घरमा पुगेको थियो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ। -दिनेश कार्की

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article