हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

२ थान भालुको पित्त सहित पक्राउ

काठमाडौं, २०७७ फागुन २ गते बुढानिलकण्ठ नगरपालिका-७ विष्णुमती चोकबाट १ सय ३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्त सहित सोही ठाउँ बस्ने संखुवासभा चिचिला गाउँपालका-२ घर भएका ३२ वर्षीय बिगुन राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

Advertisement

प्रतिवन्धित भालुको पित्त अवैध रुपमा विक्रिका लागि लुकाई ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त भालुको पित्त सहित फेला पारी पक्राउ गरेको हो ।

बरामद भालुको पित्त प्रतिग्राम २५ हजार रुपैयाँ दरले विक्री गर्ने उद्देश्यले ल्याएको खुल्न आएको छ ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)