हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

एनएमबिको क्युआर कोड विर्तामोड कृषि बजारमा

काठमाडौं, २ फागुन । एनएमबि बैंकले विर्तामोड कृषि बजार क्षेत्रमा क्यु आर कोड मार्फत नगदरहित भुक्तानी सुरु गरेको छ । बैकले नगदरहित कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले क्युआर कोड सुरु गरेको बैंकले जनाएको छ ।

Advertisement

विर्तामोड कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद पौडेलको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि विर्तामोड न।पा। बडा नं। ५ का अध्यक्ष राजेन्द्र प्रसाद लिङदेल रहेक थिए । विशिष्ट अतिथिमा एनएमबि बैंक प्रदेश १ प्रमुख उत्सव घिमिरे थिए । उक्त बजार व्यवस्थापन समितिका सदस्यहरु, लगायत सुरक्षा निकाय, स्थानीय कृषि व्यवसायीहरुको कार्यक्रममा उल्लेख्य उपस्थिति रहेको थियो ।

Advertisement

बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित कारोबार प्रवर्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने प्रयास रहेको बैंकले जनाएको छ ।

कार्यक्रमको औपचारिक शुभारम्भ बैंकका प्रदेश १ प्रमुख घिमिरेले कृषि व्यवसायी अमर बहादुर तामाङ्गको पसलमा विद्युतीय भुक्तानीको प्रयोग गरी सामान खरिद गरेर गरेका थिए भने कार्यक्रम सञ्चालन प्रदेश १ का एरिया म्यानेजर मेघ राज तिम्सिनाले गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)