हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मंसिरभन्दा अगाडि चुनाव सम्भावना छैन : शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले निर्वाचन आगामी मंसिर पुसभन्दा अगाडि हुने सम्भावना नरहेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाखमा चुनावको मिति घोषणा गरिसकेको भए पनि कांग्रेस महामन्त्री कोइरालाले आगामी मंसिर-पुस महिनामा मात्रै चुनाव हुन सक्ने सम्भावना रहेको बताए।

Advertisement

नेपाली कांग्रेस दाङले घोराहीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले नेकपाभित्रकै आन्तरिक किचलोले गर्दा वैशाखमा चुनाव हुन नसक्ने बताएका हुन्। प्रचण्ड(नेपाल समूहले सूर्य चिन्ह पाएछन् भने पनि फेरि त्यसमा केपीले मुद्दा हाल्न सक्ने र त्यो मुद्दाले थप दुई तीन महिना झगडा लम्बिने हुँदा वैशाखमा चुनाव हुन नसक्ने उनले तर्क गरे।

Advertisement

कम्युनिष्टहरू आधिकारिक रूपमा विभाजन भइनसकेको हुँदा चुनाव चिन्ह पाएपछि मात्रै पार्टी विभाजन हुने उनले बताए। ‘अहिले कांग्रेसले पार्टीको अधिवेशनमा ध्यान दिन जरूरी छ,’ महामन्त्री कोइरालाले भने, ‘अधिवेशनबाट नेतृत्व परिवर्तन गरेर एकताबद्ध भएर जान जरूरी छ।’

राम्रोसँग अधिवेशन गरी असल नेतृत्व आएको खण्डमा नेपाली कांग्रेसलाई कसैले पनि हराउन नसक्ने उनले दाबी गरे। ‘हामी एकजुट भएर उभिएको खण्डमा नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन,’ कोइरालाले भने, ‘अहिले नेपाली कांग्रेस कसैसँग मिल्नु पनि आवश्यक छैन, आफैं एक्लै उभिनु पर्छ।’

महामन्त्री कोइरालो केपी ओली नेतृत्वको सरकारले नयाँ केही काम गर्न नसकेको आरोप लगाए। कम्युनिष्टको सरकारले एउटा कुनै पनि नयाँ आयोजना दिन नसकेको बरू महँगी बढाएको र गरिब जनतालाई करको भार थोपरेको उनको आरोप थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)