साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कविता : सरस्वतीको महिमा

-राज कुमार कार्की

Advertisement

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व भनिन्छ।
विद्याकी देवी सरस्वतीको पूजा आराधना गरि सबले मानिन्छ ।।

Advertisement

ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिनलाई वसन्त पञ्चमी पनि भनियो।
वसन्तलाई अन्य पाँच ऋतुले आठ-आठ दिनसम्म भेट गरेको कथा सुनियो।।

संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको पूजा आराधना गरिन्छ।
स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वासमा सब परिन्छ।।

आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ।
गोरु दाउने देखि राम्रो काम गर्ने दिन हो भनि यो दिनलाई मनाइन्छ।।

महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या र ब्राह्मी अनि
कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ पनि।।

श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइ रहेकी।
सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित चतुर्भुजा भएकी।।

पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला।
चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी गला।

देवी सरस्वती हुन् भनि हजुर हिन्दु शास्त्रमा भनिएको छ।
विशेष गरि शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ यो पर्व मानिएको छ।।

सरस्वतीलाई नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु नैवेद्यका रुपमा।
नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरि बालेर धूपमा।।

कलम बलियो कि तरवार बलियो भनि संसारमा जहिले भनिएको छ।
सरस्वती माताको बुद्धिले मात्रै त त्यो तरवार पनि हजुर बनिएको छ।।

धन्यवाद ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article