राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपाल- जनता र राजाको सहमतिबाट खडाः पूर्वराजा ज्ञानेन्द्र

पूर्व राजा ज्ञानेन्द्र

काठमाडौं, ६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल जनता र राजाको सहमतिबाट खडा भएको स्मरण गराउँदै जनतको आस्था, चाहना र जनभावना मेट्न खोजेर नमेटिने बताएका छन् । उनले घुमाउरो तरिकाले राजसंस्थालाई कसैले मेट्न नसक्ने सन्देश दिन खोजेका छन् ।

Advertisement

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आज शुभकामना सन्देश दिदै पूर्व राजा ज्ञानेन्द्र शाहले भनेका छन्,‘जनताको आस्था, चाहना र जनभावना अन्तत अमिर रहन्छ र यसलाई मेट्न खोजे, बटोरर त्यो मेटिैन बटारिन्न ।’

Advertisement

उनले नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको स्मरण गराउँदै त्यसको अस्तित्व रक्षा पनि सहमतिबाटै मात्र हुने बताएका छन् । यथार्थको अवज्ञा र निषेध र विभेदको राजनीति सुरु गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

शाहले भनेका छन्,‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिन प्रति दिन जटिलतातर्फ फस्दै गउको महसुस आम नेपालीले गरिरहेका छन् ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article