हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पूर्वी पहाडी जिल्लामा भारी हिमपात

हल्दिबारी न्यूज ,धनकुटा । बिहीबार साँझ वर्षासँगै पूर्वी पहाडी जिल्लाका उच्च स्थानमा हिमपात भएको छ। बाक्लो हिमपात भएपछि ती ठाउँको जनजीवन प्रभावित भएको छ। हिमपात विशेषगरी तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तिनजुरे मिल्के जलजले क्षेत्रमा भारी मात्रामा भएको छ।

Advertisement

तीनजुरे, पटेकडाँडा, मार्गा, गुफा बजार, मेन्छ्यायाम डाँडा, लसुने, जिरिखिम्ती, हरीसे, गुफापोखरीलगायतका लेकाली क्षेत्रमा भारी मात्रामा हिमपात भएपछि हिउँले सेत्याम्य भएका छन्। ती क्षेत्रमा बाक्लो मात्रामा हिउँ परेपछि सिसाजस्तै हिउँ जमेको छ। हिमपात भएपछि चिसो बढेकाले जनजीवन प्रभावित भएको स्थानीय छिरिङ लामाले बताए। हिमपात भएपछि बिहीबार बेलुका घरबाहिर निस्कन नसक्ने अवस्था आएको उनले बताए।

Advertisement

हिउँ परेपछि जाडोले बालबालिका, वृद्धवृद्धा र पशु चौपाया बढी प्रभावित भएको लामाले बताए। एक्कासी हिउँ परेकाले लेकाली क्षेत्रका जंगलमा रहेका चौंरी तथा भेडी गोठहरु औल क्षेत्रमा झार्न नपाएको नुनढाकीका लाक्पा गेलु शेर्पाले बताए। यसैबीच वर्षा संगै जिल्लामा हिमपात भएपछि बानीनाली सप्रने भन्दै किसान उत्साहित भएका छन।

करिब दश महिनापछि वर्षात् भएको र त्योसँगै हिमपात पनि भएकाले लेकाली क्षेत्रमा हुने तरकारी बालीलाई फाइदा पुग्ने किसानको भनाइ छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)