हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

रासस उत्कष्ट फोटो पत्रकारिता पुरस्कार प्रदीपराजलाई

काठमाडौँ, ७ फागुन ;राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ फोटो पत्रकार प्रदीपराज वन्तलाई यसवर्षको ‘उत्कृष्ट राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।
राससको ६० औँ वार्षिकोत्सव तथा हीरक वर्षको अवसरमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा सन्चार सचिव हरिप्रसाद वस्यालले फोटोपत्रकार वन्तलाई नगद रु पन्द्र हजार सहित सो पुरस्कार प्रदान गर्नुभयो ।
फोटो पत्रकार वन्तलाई कोभिड–१९ समयमा जोखिमका बीच अहोरात्र फोटो सङ्कलन गरी फोटो पत्रकारितामा योगदान पु¥याएबापत सो पुरस्कार प्रदान गरिएको हो । पत्रकार वन्तले यसअघि पनि ५ वर्ष अघि राससबाट उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।
फोटो पत्रकार वन्त विगत नौ वर्षदेखि राससमा फोटो पत्रकारका रुपमा काम गर्दै आउनुभएको छ । पत्रकार वन्तले रासस र देशका विभिन्न स्थानमा रहेका पत्रकारलाई फोटोसम्बन्धी तालीम तथा प्रशिक्षण दिँदै आउनुभएको छ ।
फोटो पत्रकार समूह (एनएफपीजे) नेपालका महासचिवसमेत रहनुभएका पत्रकार वन्तले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ प्राप्त गर्नुभएको थियो । पत्रकार वन्तले विगत लामो समयदेखि फोटो पत्रकारको अधिकारको निम्ति आवाज उठाउँदै आउनुभएको छ ।
हीरक वर्ष शुभारम्भका अवसरमा राससमा अविच्छिन्न २० वर्ष स्थायी सेवा गर्नुभएका १२ जना कर्मचारीलाई दीर्घ सेवा पदकसहित समाचार, आलेख र फोटोमा उत्कृष्ट योगदान गर्ने कर्मचारीलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)