साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कविता प्रवाह: छोरी हुँदा काखमा

बिना रोका

न्यानाे अाशनमा वसन्त ऋतुमा छाेरी भई जन्मिदा
ज्यादै हर्ष भएर पालन भयाे आमा र बाबा हुँदा
लक्ष्मीकाे घर भित्र अागमनले कौशल्य मान्थे पिता
प्यारो साथ रही रहन्छ नि बढाे खम्बा हुने भाे सदा

नौला अायम जीव मार्ग थपिँदा रम्नेछु साथै बसी
आशीर्वाद रहोस् सधै शिर भरी प्याराे गरेरै अति
माया भाव बढाइ यो समयमा साथै भएका जति
अाँखामा सजिलै बसेर मुटुकाे टुक्रा बनेकी अति

नौलाे प्रेम सदैव उच्च मनका बाबा र अामा सदा
गर्छौ आदर प्रेम भाव सबमा सन्तान आफ्नै हुँदा
तिम्रा उर्वर मार्गमा रहरले हिँड्नेछु साथै अब
भुल्नेछैन कही कुनै समयमा अर्ती दिएका सब

प्याराे जीवन ज्यूनमा रहरिलाे अादर्श बाँडी दियाै
आफ्नै पौरखमा निपूर्ण रहने बाटाे बनाई दियौ
अाशायुक्त विधा रचाइ रहँदा हाेला र के नै कमी
बाबाको मनमा रमेर नजिकै बस्नेछु हाँस्दै रमी

प्याराे दर्शन छन्द भाव बटुली बस्नेछु प्यारी बनी।
अात्मा देखि पिता सदा खुस रहुन् छोरी रमाई भनि।
आमाको ममतामयी नयनको नानी बनी साथमा।
भागुन् रोग सबै अचम्म सितले छोरी हुँदा काखमा।

Advertisement

बिना रोका
घोराही ,दाङ्ग।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article