हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हिमपात कम भएसँगै ताप्लेजुङमा विद्यालय खुले

हल्दिबारी न्यूज , ताप्लेजुङ । हिमपातका कारण बन्द ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका(७ ओलाङ्चुङ गोलास्थित महेन्द्र आधारभूत विद्यालयको पठनपाठन शुरूआत भएको छ। समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला रहेको छ। गत पुस महिनादेखि हिमपात हुन शुरू भएसँगै पुस १५ देखि विद्यालय बन्द गरिएको थियो।

Advertisement

हिमपातपछि अत्यधिक जाडोले गर्दा विद्यालयमा बसेर विद्यार्थी पढ्न नसक्ने भएपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानाध्यापक डिकबहादुर केसीले जानकारी दिए। मौसम अनुकूल हुँदै गएपछि विद्यालय सञ्चालनमा आएको हो। विद्यालयमा ३२ विद्यार्थी अध्ययनरत छन्।

Advertisement

फक्ताङलुङ गाउँपालिका(६ घुन्सा समुद्र सतहदेखि तीन हजार ५०० उच्चाइमा पर्दछ। घुन्सामा हिमपात हुन शुरू भएसँगै घुन्सा आधारभूत विद्यालय गत पुसको पहिलो हप्तामै बन्द भएको थियो। सो विद्यालय यही फागुन १५ देखि पठनपाठन हुने तयारी रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयप्रकाश रिजालले जानकारी दिए। विद्यालयमा ४२ विद्यार्थी अध्ययनरत रहेका छन्।-उमेश दहाल

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)