समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

झापामा एकैपटक ५ वटा बिओपी स्थापना

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी । सीमा क्षेत्रमा शान्ति(सुरक्षा मजबुत बनाउने उद्देश्यले झापामा एकैपटक ५ वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको छ।

Advertisement

थपिएका ५ सहित जिल्लामा सशस्त्र प्रहरीको बिओपीको सङ्ख्या १७ पुगेको छ। मेचीनगर नगरपालिका-५ स्थित नकलबन्दामा आइतबार एक समारोहबीच सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पकलीका वाहिनी पति डिआइजी वंशीराज दाहाल, मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य, उपमेयर मिना पोखरेल उप्रेती र झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले नकलबन्दासहित ५ वटा बोर्डर आउट पोस्टको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

Advertisement

डिआइजी दाहालले मेचीनगर नगरपालिका(१ स्थित तिरीङ, भद्रपुर नगरपालिका(३ स्थित महेशपुर, झापा गाउँपालिकाको पन्थापाडा र गौरीगञ्जको आमगाछीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टको उद्घाटन भएको घोषणा समेत गरे। प्रत्येक बिओपीमा प्रहरी निरीक्षक वा प्रहरी नायव निरीक्षकको कमान्डमा २५ जना सुरक्षाकर्मी खटाइनेछ। यसअघि झापाको बाहुनडाँगी, काँकडभिट्टा, ज्यामिरगढी, पाठामारी, केचना, भागडुब्बा, टाघनडुब्बा, गौरीगञ्ज, घेरावारि, कुञ्जीबारी, भद्रपुर र पृथ्वीनगर गरी १२ वटा बिओपी स्थापना भइसकेको छ।

सीमा सुरक्षा मध्यनजर गर्दै सरकारले २०७६ मङ्सिर ३० गते देशभरि १ सय १४ वटा नयाँ बिओपी थप्ने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम झापामा यसवर्ष ८ वटा बिओपी थप गरिएको डिआइजी दाहालले जानकारी दिए। प्रदेश नम्बर १ मा ५० वटा बिओपी पुर्याउने लक्ष्य रहेकोमा अब तीन वटा बिओपी बाँकी रहेको उनले बताए। हालसम्म प्रदेश नम्बर १ का सीमा क्षेत्रमा ४२ वटा बिओपी स्थापना भइसकेको उनको भनाइ छ।

चालू आर्थिक वर्षमा सशस्त्र प्रहरी बल नेपालले झापामा ८ वटा बिओपी स्थापना गर्ने लक्ष्य लिएको र यसै आर्थिक वर्षमा यसअघि तीन वटा र बाकी ५ वटा आज स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेट क्वाटर झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए। हरेक बिओपी ४ किलोमिटरको दूरीमा रहेको उनले बताए। बिओपी स्थापना भएसँगै जिल्लाको १ सय ४४ दशमलव २ किलोमिटर खुला सीमाबाट हुने आपराधिक क्रियाकलाप, चोरी तस्करी, सीमा अतिक्रमण जस्ता गतिविधि न्यूनीकरणका आउने विश्वास लिएको उनको भनाई छ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article