साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कविता : तिमी सियो भए म धागो

-राज कुमार कार्की

Advertisement

तिमी किताब भए म गाता
तिमी पिठो भए म आटा।।

Advertisement

म राजा भए तिमी रानी ।
म गणतन्त्र भए तिमी सिरानी।।

तिमी सियो भए म धागो।
तिमी माहुरी भए म फागो।।

फेरि फाट्न लाग्यो रे गणतन्त्र भन्छन् !
सिउनलाई चाहियो चाइना र भारतको सियो धागो।।

तिमी बालुवाटार भए म भैँसेपाटी।
तिमी खुमल्टार भए म चिसाघरे काकी।।

सिउनत खोज्दै थिइन् यान्छीले सबलाई डाकि- डाकि।
के के गर्दैछन् कुन्नि धर्म नमान्नेले मन्दिरमा भाकी !!

फाट्यो रे संविधान सिउदैछ्न श्रीमानले।
जीउँदै छन् श्रीमान सिन्धुर पाउदैन निधारले !!

फाल्गुन पन्द्र सम्ममा सिउन सक्छन् कि श्रीमानले।
यस्तै_ यस्तै कुरा गर्दै थिए कालाकोटे धिरमानले।।

परेड खेल्न थाल्यो किन हो सडकमा सेनाले।
के के लीला गर्दैछन् हेर्दै जाउ ती मेयरका भेनाले।।

धन्यवाद।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article