हल्दिवारी गाउँपालिकामा विपतमा आईपर्ने समस्या तथा समाधान सम्बन्धि संरक्षण विषयगत भुमिका सम्बन्धि परिचयात्मक २ दिने कार्यक्रम आजबाट शुरु भएको छ ।

हल्दिवारी गाउँपालिका भित्रका राजनैतिक दल ,रेडक्रस ,जनप्रतिनिधि तथा गाउँपालिका कर्मचारी हरु स्थानी प्रहरी तथा सञ्चार कर्मिको सहभागिता रहेको गोष्ठीले आगामी दिनमा बिपतमा गर्नु पर्ने भुमिकाको बारेमा बिज्ञहरुबाट सहजीकरण भुमिका निर्वाहका बिषयमा छलफल हुने बताईएको छ।


हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्ग्देनको प्रमुख आतिथ्य तथा महिला तथा बालबालिका बिकास निर्देशक दुर्गादेवी देवकोटाको सभापतित्वमा कार्यक्रमको उद्घाटन भएको हो । पहिलो दिनको कार्यक्रमलाई निर्देशक देवकोटा तथा महिला बिकास अधिकृत निर्मला कार्किले केन्द्र ,प्रदेश र स्थानीय तहले खेल्नु पर्ने भुमिका को बारेमा सहभागी हरुलाई जानकारी गराउनु भएको थियोे ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय ,महिला तथा बालबालिका बिभागको आयोजना झापाको हल्दिवारी गाउँपालिका र इलाममा कार्यक्रम भइ रहेको बताइएको छ ।