राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

ओलीले प्रचण्ड-नेपाललाई कटाक्ष गर्दै भने !‘भाईहरुले लड्डु खाएछन्, के पाउँछन् हेर्नुछ’ ?

सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गर्नुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य घटनाको रुपमा लिएको प्रतिक्रिया दिएका छन् । सर्वोच्चले मंगलबार प्रतिनिधिसभा पुनः स्थापना गर्ने फैसला गरेपछि खुसियाली मनाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई ‘भाइ’ सम्बोधन गर्दै उनले कटाक्ष पनि गरे ।

Advertisement

बुधबार कृषि मन्त्रालयले सुरुवात गरेको नेपालको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लड्डु खाएर खुशीयाली मनाएका दाहाल र नेपालले के पाउँछन् त्यो आफूले हेर्ने टिप्पणी गरे । ‘मेरा केही भाइहरुले लड्डु खुवाइ–खुवाइ गरे अरे,’ उनले भने, ‘जित्यौँ हामीले भनेर लड्डु खाएछन्, के जिते मलाई थाहा छैन, लड्डु खाएर के पाउँछन् त्यो चाहिँ मैले हेर्नुछ ।’

Advertisement

प्रधानमन्त्री ओलीले दाहाल–नेपालले भोलि पर्सीदेखि आफ्नो राजीनामा माग्न थाल्छन् कि जस्तो आफूलाई लागेको बताए । उनले भने, ‘राजीनामा देऊ, राजीनामा देऊ’ भनेर ।’ उनले यतापट्टि चिन्ता गर्नु नपर्ने बताए । ‘को मान्छे कतिखेर के दुर्घटनामा परेर मर्न सक्छ भन्दै उनले भने ‘जबसम्म बाँचिन्छ तबसम्म राम्रो काम गर्ने हो । मरेपछि मान्छे न बेइमान हुन सक्छ न इमान्दार,’ ओलीले भने ।

देश विकासको आकांक्षा र संकल्पमा अहिलेसम्म आफूमा कति पनि फरक नभएको ओलीले दाबी गरे । दाहाल–नेपालतर्फ इंगित गर्दै उनले स्वार्थबाट लपेटिएका मान्छेहरुमा यस्ता कुराहरुले धेरै असर गर्ने बताए । ओलीले सत्ता छाड्नु पर्दा पनि आफू दुखी नहुने संकेत गरे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article