समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सिरीजङ्घा गाउँपालिकाको आठौं गाउँसभा अधिवेशन सम्पन्न

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाको नियमित गाउँसभा अधिवेशन (आठौं)  २०७७ साल पौष १६ गतेदेखी शुरु भएर २०७७ साल फागुन १२ गतेबाट सम्पन्न भएको छ।

चालू आर्थिक वर्ष २०७७/०७८ को आयोजना तथा कार्यक्रममा केही संशोधन गर्दै गाउँसभा अधिवेशन सम्पन्न भएको छ । यो गाउँसभा अधिवेशनले गरेका महत्वपुर्ण निर्णयहरु गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनु भएको छ ।

Advertisement
१. वडा नम्बर १, सिनाम, वडा नम्बर ४, तेल्लोक र वडा नम्बर ८, याम्फुदिनको वडा कार्यालयको प्रशासकीय भवन एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरि ठेक्का प्रकृया अघि बढाउने।
२. सिरीजङ्घा गाउँपालिका र सिदिङ्वा गाउँपालिकाको सिमानामा रहेको (बाकेटार) तावाखोलामा यसै आर्थिक वर्षदेखि निर्माण कार्य अघि बढाउने गरी मोटरेवल पुल निर्माण गर्न वहुवर्षीय आयोजना स्वीकृत गर्ने ।
३. पर्यटन पुर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रममा समावेश वडा नम्बर ८, याम्फुदिनको आम्जी खोलाबाट नयाँ झोरेनी, तुप्लुङ, दुन्दुडाडा, नगर्चा, चैराम हुँदै कन्चनजङ्घा बेस क्याम्प जाने साहसिक पदमार्ग निर्माण आयोजना (रु. ५ करोड लागतको) सन्चालन प्रकृया अघि बढाउने।
४. “कन्चनजङ्घाको पानी, हाम्रो आम्दानी” अभियान (गाउँ पालिकाकै स्वामित्वमा मिनरल वाटर उद्योग स्थापना) लाई कार्यान्वयनमा लैजान यसै आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन (DPR) तयारी गर्ने,
५. प्रस्तावित १० शैयाको तेल्लोक आधारभूत अस्पताल, गाउँ कार्यपालिकाको कार्यालय र याम्फुदिन स्वास्थ्य चौकीका लागि नपुग जग्गा “जग्गा प्राप्ति ऐन, २०३४” बमोजिम मुआब्जा दिई अधिग्रहण गर्ने, आदि।चालू आर्थिक वर्षका आयोजना तथा कार्यक्रमहरु समावेश भएको संशोधित सिरीजङ्घा गाउँपालिकाको विनियोजन ऐन, २०७७ (पहिलो संशोधन) सर्वसाधारणको जानकारीका लागि चाडै नै वेबसाईट, फेसबुक पेज र सम्बन्धित वडा कार्यालय मार्फत सार्वजनिक गरिनेछ

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article